काठमाडौं – गायिका पूर्णकला बिसी र बद्री सापकोटाको स्वर रहेको लोकदोहोरी गीत ‘गुन्द्री पराल’ सार्वजनिक भएको छ । शम्भु सापकोटाको शब्द तथा बद्री सापकोटाको संगीत रहेको गीतमा संगीत संयोजन कृष्ण बिके ‘भान्जा’को रहेको छ ।
गीतको भिडियो गाउन खेलिने रोधी शैलीमा तयार भएको छ । जसमा लोमश शर्मा र आयुष्मा कार्कीलगायतको अभिनय देख्न सकिन्छ । स्मृति तिमिल्सेनाको निर्देशन रहेको भिडियोमा सुरेश श्रेष्ठको छायाँकन रहेको भिडियोमा प्रकाश धमलाको सम्पादन रहेको छ । भिडियो गुरुआमा फिल्मस् प्रालीले निर्माण गरेको हो ।