सर्लाहीको सीमावर्ती क्षेत्रमा प्रहरी र भारतीय नागरिकबीच झडप हुँदा एकको मृत्यु, ३ घाइते

सर्लाहीको सीमावर्ती क्षेत्रमा नेपालतर्फ आएर प्रहरीको हतियार खोस्ने प्रयास गरेपछि सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । सो झडपमा एकको मृत्यू र ३ जना घाइते भएको छ ।

केही भारतीय नागरिकहरु नेपाल प्रवेश गर्न खोज्दा ति व्यक्तिलाई सोधपुछको लागि रोकेपछि सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको हो ।

सर्लाहीको पर्सा गाउँपालिका वडा नम्बर ३ स्थित नारायणपुरस्थित सीमा क्षेत्रमा सशस्त्र सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ ।

मृत्यु हुनेको व्यक्तिको परिचय खुल्न नसकेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

घाइतेमध्ये एकको अवस्था गम्भीर र २ जनाको अवस्था समान्य रहेको प्रमुख जिल्ला अधिकारी जिसिले बताए ।

पर्सा गाउँपालिका वडा नम्बर ३ स्थित नारायणपुरमा भारतीय नागरिकहरु नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले रोकेको थियो ।

त्यसक्रममा भएको झडपमा परी भारतीय नागरिकले सशस्त्र प्रहरीको एसएलआर बन्दुक पनि खोस्ने प्रयास गरेका थिए । सशस्त्र प्रहरीसँग निहुँ खोज्दै भारतीय नागरिकले बन्दुक खोस्ने प्रयास गरेपछि झडप भएको थियो ।