कोरोना संकट : यी हुन् अति प्रभावित बनेको १० राष्ट्र (विवरण सहित)

बेलायतलाई उछिन्दै भारत चौथों स्थानमा

विश्वभरमा हाल संक्रमितको संख्या ७५ लाख ८३ हजार ९ सय १५ पुगेको छ। जसमध्ये ४ लाख २३ हजार ८६ जना कोरोना बिरामीले ज्यान गुमाइसेका छन् ।

पछिल्लो विवरण अनुसार ३८ लाख ३५ हजार १ सय ८७ कोरोना बिरामी निको भएका छन् । अमेरिका पछि ब्राजिलमा संक्रमणको संख्या तीव्ररुपमा बढ्दै गएको देखिन्छ। यहाँ संक्रमितको संख्या ८ लाख नाघेको छ। ब्राजिलमा ५ दिनबाट दैनिक ३० हजार भन्दा बढीमा कोरोनाको केस पाइएको छ।

यता, छिमेकी मुलुक भारतमा पनि संक्रमण दर बढ्दै गएको छ। बेलायतलाई पनि उछिन्दै भारत विश्वकै १० कोरोना प्रभावित देशको सूचीमा चौथो नम्बरमा पुगेको छ। जहाँ बिहिबारसम्मको विवरण अनुसार संक्रमणको केस २ लाख ९८ हजार भन्दा बढी पाइएको छ। चीनको वुहानबाट कोभिड-१९ को संक्रमण फैलदै अन्य देशमा पुगेको हो ।

पछिल्लो तथ्यांकअनुसार अन्य राष्ट्रको तुलनामा सबैभन्दा कोरोना प्रभावित बनेको १० देशको सुचीमा पहिलोमा अमेरिका, दोश्रोमा ब्राजिल, तेश्रोमा रुस, चौथोमा भारत, पाँचौमा बेलायत, छैठौंमा स्पेन, सातौँमा इटाली, आठौँमा पेरु, नवौंमा जर्मनी र अन्तिममा १० नम्बरमा इरान परेको छ ।

सबैभन्दा प्रभावित बनेको १० राष्ट्रको सूची