भारतका अर्बपति व्यापारी रतन टाटाले किन गरेनन् विवाह ? बताए यस्तो कारण

काठमाडौं – टाटा ग्रुपका पूर्व अध्यक्ष रतन टाटाले कसैसँग विवाह गरेनन् । तर रतन टाटाको कसैसँग माया नै बसेन भन्ने होइन । एक अन्तर्वार्तामा उनले आफ्नो प्रेम जीवनबारे जानकारी दिएका थिए । उनको जीवनमा प्रेमले एकपटक नभई चारपटक ढोका ढक्ढक्यायो । तर मुश्किल समयमा उनको सम्बन्धको डोरो कमजोर भयो । त्यसपछि रतन टाटाले विवाहबारे कहिल्यै सोचनन् । रतन टाटाको ८३ औं जन्मदिनमा उनको प्रेम जीवनबारे कुरा गरौं ।

दिग्गज व्यापारी रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा सूरतमा भएको थियो । टाटा ग्रुपका पूर्व अध्यक्षले आफ्नो भिन्न पहिचान बनाए र उत्कृष्ट स्थान हासिल गरे । उनले टाटा ग्रुपर्ला नयाँ उचाईमा पुर्याउने काम गरे । व्यापारको दुनियाँमा रतन टाटाले अत्यधिक नाम कमाए तर प्रेमको मामिलामा भने उनी असफल भए ।

एक टिभी च्यानलसँगको अन्तर्वार्तामा अविवाहित उद्योगपति रतन टाटाले आफ्नो प्रेम जीवनबारे खुलासा गरेका थिए । उनले आफू पनि प्रेममा परेको तर आफूले प्रेमलाई विवाहमा परिणत गर्न नसकेको बताए ।

टाटाले विवाह नगर्नु नै अहिले आएर ठिक भएको बताएका छन् । उनले भने, ‘मैले विवाह गरेको भए स्थिती निकै जटिल हुन्थ्यो ।’

उनले भने, ‘मेरो कहिल्यै प्रेम बसेन भनेर यदि तपाईं सोध्नुहुन्छ भने म चारपटक विवाह गर्नेबारे गम्भीर भएको थिए र हरेक पटक कुनै न कुनै कारणसहित म पछि हटेँ । ’

आफ्नो प्रेमका दिनबारे टाटाले भने, ‘जब म अमेरिकामा काम गरिरहेको थिएँ तब सायद म प्रेमको विषयमा बढी नै सिरियस भएको थिएँ । हामीले एउटै मात्र कारणले विवाह गर्न सकेनौं किनभने म भारत फिर्ता आएँ ।’

रतन टाटाकी प्रेमिका भारत आउन अनिच्छुक थिइन् । त्यति नै बेला भारत–चीनको युद्ध पनि सुरु भएको थियो । पछि उनकी प्रेमिकाले अमेरिकामा नै कसैसँग विवाह गरिन् ।

उनले प्रेम गरेको व्यक्ति अझै पनि शहरमा छिन् त भनेर प्रश्न सोध्दा उनले ‘हो’ मा जवाफ दिए । तर यो विषयमा उनले थप कुरा गर्न अस्विकार गरे ।

रतन टाटाको जन्म समृद्ध परिवारमा भएको थियो तर उनीहरुको जीवन त्यति सहज रहेन । रतन टाटा जब ७ वर्षका थिए तब उनका आमा–बुवा अलग्गिए । उनको पालन–पोषण उनकी हजुरआमाले गरे ।

रतन टाटालाई कारको अत्यधिक शौक छ । उनको निगरानीमा ग्रुपले ल्यान्ड रोवर, ज्यागुआर, रेन्जरोवर एक्वार बनाए । टाटा न्यानो पनि रतन टाटाकै कम्पनीको निर्माण हो । रतन टाटालाई विमान उडाउने र पियानो बजाउने शौक छ ।

अवकाशपछि टाटाले अब आफ्नो बाँकी जीवन आफ्नो शौक पूरा गरेर बिताउने बताएका थिए । अब म पियानो बजाउनेछु र विमान उडाउने आफ्नो शौख पूरा गर्नेछु । ।

भारत सरकारले रतन टाटालाई पद्म भूषण (२०००) र पद्म विभूषण (२००८) द्वारा सम्मानित गरेको छ । यो सम्मान देशको तेस्रो र दोस्रो सर्वोच्च नागरिक सम्मान हो ।