‘प्रचण्ड’ र नेपाल पक्षले आज काठमाडौं उपत्यकामा आमसभा गर्दै

काठमांडौ-प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आज काठमाडौं उपत्यकामा आमसभा गर्दैछ।

आमसभालाई प्रचण्ड, नेपालसहित झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायत विभिन्न  संगठनका नेताहरुले सम्बोधन गर्नेछन्।

  आमसभामा शीर्ष नेताहरुले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको विषयमा स्पष्ट पार्ने सो पक्षले जनाएको छ। सभामा ५० हजार मानिस उतार्ने प्रचण्ड माधव पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठ बताउँछन्।

सभामा उपत्यकासहित छिमेकी जिल्लाबाट समेत नेता–कार्यकता सहभागी हुने उनको दाबी छ।  उपत्यका विभिन्न ठाउँबाट निकालिएको जुलुस मध्यान्ह १२ बजे   भृकुटीमण्डपमा पुगेर आमसभामा परिणत हुने छ। आमसभामा सहभागी हुन नेताहरु उपत्यकाका छिमेकी जिल्लामा परिचालन गरिएको जनाइएको छ। (थाहाखबर)