५५ जना कोरोना संक्रमित थपिए, कर्णालीमा ७६३ पुगे

सुर्खेत – पछिल्लो २४ घण्टामा कर्णालीमा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट थप ५५ जनामा कोरोना संक्रमण देखिएको हो ।

थपिएका मध्ये दैलेखका ४८ जना, सुर्खेतका ६ जना र काठमाडौंका एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यो सँगै कर्णालीमा बिहीबारसम्म संक्रमितको संख्या ७ सय ६३ पुगेको छ ।

कर्णालीमा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ भने कोरोना संक्रमणबाट निको भई ६० जना डिस्चार्ज भएको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।