थप २५० जनामा कोभिड—१९ पुष्टि, नेपालमा संक्रमितको संख्या ४६१४ पुग्यो

काठमाडौं—नेपालमा थप २५० जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २५० जनामा कोभिड—१९ पोजटिभ देखिएको हो । जसमध्ये २३० पुरुष २० जना महिला रहेका छन् । यससँगै नेपालमा कोभिड—१९ संक्रमितको संख्या ४ हजार ६ सय १४ जना पुगेको छ ।

कहाँ कति थपिए ?

प्रदेश १ प्रयोगशाला विराटनगर—सुनसरीका ३ जना

कोशी अस्पताल प्रयोगशाला—झापाका ३ जना

विपी स्वास्थ्य विज्ञान प्रयोगशाला : सप्तरीका ९ जना

जनकपुर प्रयोगशाला : सर्लाहीका २ जना, रौतहटका १५ जना र महोत्तरी ४ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला : कपिलवस्तु १ जना, रौतहटका ३९ जना

प्रादेशिक प्रयोगशाला भैरहवामाः कपिलवस्तु १ जना, प्युठान ४ जना र रुपन्देही २९ जना

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान : दाङका ८ जना

भेरी अस्पताल प्रयोगशालामा : २७ जना— रोल्पाका १४ जना, बाँकेका १३ जना

सेती प्रादेशिक अस्पताल : २७ जना— बाजुरा १७ जना, कैलाली ८ जना, बझाङमा २ जना

नारायणी अस्पताल प्रयोगशालाः रौतहटका ३ जना

हेटौडामा प्रयोगशालामा : बाराका ७ जना, धादिङका ७ जना

सुर्खेत प्रादेशिक प्रयोगशालामा : दैलेखका ४८ जना, सुर्खेत ६ जना,काठमाडौंका १ जना

धुलिखेल प्रयोगशालामा : नवलपरासी पश्चिम ६ जना