मुगुका विद्यालय हिउँदे विदामा पनि सञ्चालन हुने

मुगु – जिल्लामा रहेको एक गाउपालिकाले विद्यार्थीको लागि सुनौलो अवसर प्रदान गरेको छ । जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुमकार्मारोङ गाउँपालिकाले यसवर्ष हिउँदे महिनाका सामुदायिक विद्यालयका विद्यार्थीहरु हिउँदे विदामा पनि अध्यायन गर्न पाउने भएका छन् ।

यो समय विद्यार्थीहरुको लागि सुनौलो अवसर भएको मुगुमकार्मारोगं गाउपालिकाले जनाएको छ । गाउपालिकाका अनुसार विश्व महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस (कोभिड–१९) ले ८ महिना सम्म थलापरेको विद्यालय र विद्यार्थीहको समस्यालाई मध्यनजर गदैँ यसबर्षको हिउँदे समयमा पनि विद्यालय बन्द नगर्ने निर्णय भएको गाउपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिए ।

उनकाअनुसार ८ महिना पछि बन्द रहेका विद्यालय खुलाउने निर्णय समेत गरिएको हो । गाउँपालिकाका विद्यालयहरु मंसिर १८ गतेदेखि संचालनमा आएको वुद्ध माद्यामिक विद्यालयका प्रधानाध्यापक टिका लक्ष्मि उपाध्याले जानकारी दिए । उनले भने ‘यो अत्याधिक जाडोको समयमा केही विद्यालयका विद्यार्थीहरु आगो तापेर पनि पठनपाठन संचालन गरिरहेका छन् ।’

आवासिय विद्यालय पनि सञ्चालन
गाउपालिकाले विद्यार्थीहरुको पठनपाठनमा पर्न गएको असुविधालाई मननगरेर आवासिय विद्यालय पनि सञ्चालनमा ल्याएको छ ।

जम्मा दुइसय भन्दा बढि विद्यार्थीहरुको समुहमा राखेर आवाशिय विद्यालयमा पनि पठनपाठन सुरु गरेको प्रमुख प्रशासकिय अधिकृत तिर्थराज कठायतले जानकारी दिए । गाउपालिकाका अध्यक्ष लामाका अनुसार यो आवासिय विद्यालयमा पनि विशेष किसिमका सेवा सुविधा प्रदान गरि विद्यालय सञ्चालनमा ल्याएको बताए ।