किन बस्छ स्वर ? यसबाट कसरी बच्ने ?

 डा. सुधा शाही इएनटी कन्सल्टेन्ट तथा नेक एन्ड हेड कन्सल्टेन्ट पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ।

मौसमअनुसार घाँटीको समस्या देखिन्छ । जाडोयाममा होस् या गर्मीयाममा घाँटीमा विभिन्न समस्या देखिएका हुन्छन् । विभिन्न समस्यामध्ये स्वर बस्ने अर्थात् आवाज नआउने समस्या पनि एक हो । यस अन्तर्गत व्यक्तिले बोल्न खोज्दा पनि आवाज नआउने वा भासिएर आउने र घाँटी दुख्नेजस्ता समस्याहरू देखा पर्छ ।

विशेषगरी यो समस्या जाडो मौसममा बढी देखिन्छ । यो समस्या देखिनु अघि घाँटी खसखस हुने, चिलाउने तथा लगातार हाछ्युँ आउने जस्ता लक्षणहरु देखा पर्छ ।

 

स्वर बस्ने कारण

  • चिसोको कारण देखिने ‘एलर्जिक फ्यारिजान्टिस’
  • भाइरल फ्लु एवम् एन्फ्लुएन्जा
  • म्यारिन्जाईटिस
  • प्रदूषित वातावरण
  • अत्याधिक चिल्लो एवम् चिसो खानाको सेवन
  • ग्यास्ट्रिकको समस्या
  • ठुलो स्वरमा बोलेमा वा चिच्याएमा
  • चिसोको एलर्जी

 

स्वर बस्ने समस्याबाट जोगिने उपाय

  • यस्तो समस्याको समाधान घरेलु उपचार विधिबाट नै पनि निको पार्न सकिन्छ । कतिपय अवस्थामा यस्तो समस्या १/२ दिनपछि आफैं निको भएर पनि जाने हुन्छ । यद्यपि यसका लागि भने व्यक्तिले निम्न पक्षमा विशेष ध्यान दिनुपर्छ :
  • चिसोबाट जोगिने
  • तातो खाना र मनतातो पानीको सेवन गर्ने
  • खाना बार्ने अत्याधिक चिसो तथा चिल्लो पिरो नखाने
  • लगातार नबोल्ने वा सकेसम्म राम्ररी स्वर नआएसम्म घाँटीलाई आराम दिने
  • बाहिर निस्कँदा मास्कको प्रयोग गर्ने
  • चिकित्सकको सल्लाह लिने । ( हेल्थ आवाज)