स्पर्सलाई हराउँदै लिभरपुल लिगको शीर्ष स्थानमा

काठमाडौं – टोटनह्याम टटस्पर्सलाई हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । रबर्टो फर्मिन्होले खेलको अन्तिम मिनेटमा गरेको गोल निर्णाय बन्यो ।

खेलमा लिभरपुले २६ औँ मिनेटमा मोहमद शालहको गोलको मद्दतले अग्रता लिएको थियो तर लगत्तै सन ह्युङ मिनले स्पर्सका लागि बराबरी गोल फर्काए । बराबरीतर्फ खेल अघि बढिरहेको बेला अन्तिम मिनेटमा एन्ड्रयु रोबर्टसनको कर्नरमा फर्मिन्होले हेडमार्फत गोल गर्दै लिभरपुललाई ३ अंक दिलाए ।

दोस्रो हाफमा स्पर्सका लागि स्टेभन बर्गविन र ह्यारी केनले गोल गर्ने सुन्दर अवसर गुमाएका थिए । स्पर्सले लिभरपुलको घरेलु मैदानमा खेलिएका पछिल्ला २७ लिग खेलमध्ये एक मात्र जित्न सकेको छ । एनफिल्डमा स्पर्सले पछिल्लो पटक सन् २०११ मा जीत हासिल गरेको थियो ।

१३ खेलपछि शीर्ष स्थानमा रहेको लिभरपुलका २८ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको टोटनह्यामको २५ अंक रहेको छ ।

अन्य खेलमा आर्सनल साउथह्याम्पटनसँग १–१ को बराबरीमा रोकियो भने लिड्स युनाइटेडले न्युक्यासल युनाइटेडलाई ५–२ गोलले पराजित गर्यो । उता, एभर्टनले लेस्टर सिटीलाई २–० गोलले हरायो ।