चीनको चांग ई–५ यान धर्तीमा फर्कियो

काठमाडौं -चीनको चांग ई–५ यान चन्द्रमाको सतहबाट ढुङ्गा र माटोको नमूना लिएर पृथ्वीमा फर्किएको छ । यसरी चन्द्रमाबाट सफलतापूर्वक ढुंगा लिएर फर्कने चीन मात्र तेस्रो मुलुक हो ।

चांग ई–५ यान स्थानीय समयानुसार बिहिबार करिह साढे एक बजे मंगोलियोको भित्री इलाकामा उत्रिएको छ । चांग ई–५ लाई एक अन्तरिक्षयानमार्फत् २४ नोभेम्बरमा दक्षिणी चीनको वेनचांग स्टेशनबाट छोडिएको थियो ।

४० वर्षपछि यस्तो प्रकारको अभियानमा चन्द्रमाको नमूनालाई धर्तीमा ल्याउने प्रयास गरिएको छ । चांग ई–५ करिब दुई किलोग्राम नमूना लिएर आएको छ ।

यसअघि रुसको लूना–२४ मिशन सन् १९७६ मा चन्द्रमाको शतहमा उत्रिएको थियो । त्यतिबेला लूनाले आफूसँग करिब २०० ग्राम माटो लिएर धर्तीमा फर्केको थियो । यसअघि अमेरिकाको अपोलो अन्तरिक्षगान चन्द्रमाको सतहबाट ढुङ्गा र माटोको नमूना लिएर फर्किएको थियो ।