एजेन्सि- बार्सिलोना स्पेनिस ला लिगा फुटबलकोे शीर्ष पाँचमा पुगेको छ ।
बुधबार राति भएको खेलमा रियल सोेसिडाडसँग २–१ गोलकोे जित निकाल्दै बार्सिलोेनाले आफूलाई शीर्ष पाँचमा स्थापित गरेको हो ।
घरेलुु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन जोर्डी आल्बा र डी योङले एक–एक गोल गरे । उता सोसिडाडका लागि विलियन जोसेले एक गोल गरे ।
खेलको २७ औं मिनेटमा जोेसेको गोलमा पाहुना टोली सोेसिडाडले अग्रता बनाएको थियो । ३१ औं मिनेटमा आल्बाले घरेलु टोली बार्सिलोनाका लागि बराबरी गोेल फर्काएका थिए ।
४३ औं मिनेटमा डी योङले गोल गर्दै बार्सिलोनालाई २–१ गोलको जित दिलाए । पछिल्लो समय ला लिगामा खराव अवस्थामा भएको बार्सिलोनाले लिगमा लगातार दुई खेलमा जित निकाल्न सफल भएको हो ।
जितसँगै बार्सिलोनाले १२ खेलबाट २० अंक जोडेको छ । बार्सिलोना अंक तालिकाकोे पाँचौ स्थानमा छ । परातिज सोसिडाड तालिकामा एक स्थान तल झरेको छ । लिगमा १४ खेल खेलेको सोसिडाडको २६ अंक छ ।