बर्दिया – परियोजना संचालन भएका स्थानिय तहमा सरोकारवालाहरुले अनुगमन गरेका छन् ।
प्लान इन्टरनेशनल नेपाल क्षेत्रिय कार्यालय सुर्खेत, सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारि तथा बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालीका, राजापुर नगरपालीका र बाँकेको खजुरा गाउपालीकाको समन्वयमा सिकाइ परियोजना संचालन भएका सामुदायिक बिधालयमा सरोकारवालाहरुले अनुगमन गरेका हुन् ।
ठाकुरवावा नगरपालीकाको वडा नं ४ मा रहेको श्री बबइ शिशु मन्दिर आधारभुत बिधालय,प्राथामिक खैलार प्रा.बि. राजापुर नगरपालीकाको श्री नेपाल राष्ट्रिय आधारभुत बिधालय , श्री पदम कुमारी माध्यामीक बिधालय खजुरा गाउँपालीकाको श्री अम्बेमाता आधारभुत बिधालय र आर्दश आधारभुत बिधालय डि गाउको बिधालय अनुगमन गरिएको हाे।
अनुगमनका क्रमम परियोजा संचालन हुनु पुर्वको अबस्था र परियोजना संचालन भएपछि देखिएका सकारात्मक पक्षका बारेमा समेत बिधालय ब्यबस्थापन समिती तथा शिक्षक संग अन्तरकृया गरिएको थियो ।
अनुगमनका क्रममा बालबालीकाहरुको सुरक्षित बसाइका लागी भौतीक पुर्वाधार, कक्षाकोठाको ब्यबस्थापन,लैगिंक समानतालाई प्रोत्साहन गर्ने शिक्षकको व्यवहार र बालकेन्द्रित शैक्षिक वातावरण भए नभएको निरिक्षण गिरएकाे थियाे ।
यसका साथै औषत उपस्थिति, भर्ना एवम कक्षा छाड्ने दर, कक्षाकोठामा शैक्षिक सामाग्रीको ब्यबस्था,कक्षाकोठामा सुचना प्रबिधिको प्रयोगको अबस्थाका बारेमा कक्षा कोठा अबलोकन एवम छलफल गरिएको थियो । अनुगमनका सहभागीहरुलाई प्राधानाध्यापकले परियोजना संचालन पछि देखिएका परिर्वतनहरुका बारेमा जानकारी गराए ।
आजका बालबालीका भोलीका देशका कर्णधार भएको र बिकाशको पहिलो खुड्कीलो भनेको शिक्षा नै भएकाले प्लान इन्टरनेशनल नेपाल र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेलेको साझेदारि तथा बर्दिया र बाँके जिल्लाका बिभिन्न स्थानिय तहमा संचालन गरिएको सिकाइ परियोजना लाई उपलब्धी मुलक बनाउनका लागी पालीका संगको समन्वय र सहकार्य गरि सस्थाले काम गरिरहेको सस्थाका अध्यक्ष शिवलाल पाण्डेले जानकारी दिए ।
अनुगमनमा बाँकेको खजुरा गाउपालीका उपप्रमुख एकमाया बि.क.प्रमुख प्रशासकिय अधिकृत मणिराम खनाल, स्याक नेपाल बाँकेका अध्यक्ष शिवलाल पाण्डे, सुपरभाइजर रज्जब अलीवागवान र बर्दिया जिल्लाको ठाकुरवावा नगरपालीकाका प्रमुख प्रसाशकिय अधिकृत रामहरी रिजाल, शाखा अधिकृत सिता भण्डारी, वडा नं ४ का वडा अध्यक्ष स्याक नेपाल बाँकेका कार्यक्रम अधिकृत लक्ष्मी प्रसाद शर्मा, सुपरभाइजर राजकुमारी चौधरी राजापुर नगरपालीका सामाजिक बिकास समिती संयोज महेश चौधरी,शिक्षा शाखा प्रमुख दल ब. चौधरी प्रा.स. चन्द्रा बहादुर ठाडामगर र सस्थाका सुपरभाइजर रेणु चन्द,दशलाल चौधरीको सहभागीता रहेको थियो ।