कर्णालीमा थप २० जनामा कोरोना, संक्रमितको सख्या ६७१

सुर्खेत- कर्णालीमा थप २० जनामा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पतालको पशुपन्छी रोग अनवेषण प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भएको परीक्षणबाट थप २० जनामा कोरोना पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये सल्यानका १३ जना, सुर्खेतका ५ जना र जुम्लामा २ जना रहेको सामाजिक विकास मन्त्रालयको जन शाखा प्रमुख नवराज कँडेलले जानकारी दिए । योसगै कर्णालीमा संक्रमितको संख्या ६७१ पुगेको छ ।