के भिटामिन डी ले कोरोना भाइरस (Covid-19)कोसंक्रम्नण हुनबाट सुरक्षित राख्न सक्छ ?

हामिले लामो समयदेखि सुनिरहेका छौ कि हड्डीको स्वास्थ्य,  कार्डियोमेटाबोलिकस्वास्थ्य, क्याल्सियम अवशोषण र अन्य उदेश्यको लागिभिटामिन डी महत्वपुर्ण छ।भिटामिन डी ले जन्मजात प्रतिरक्षाको लागि  महत्वपुर्ण कार्य गर्नुका साथै विभिन्न भाइरल रोगहरुको रोकथामको लागि प्रतिरक्षाको काम गर्दछ।हालै प्राप्त विभिन्नप्रमाणहरुको आधारमा (Covid – 19) कोरोना संक्रम्नणको जोखिम र यस रोगको गम्भिरताको सवालमाभिटामिन डी अझ प्रभावकारि सिद्द  हुन सक्छ।

भिटामिन डी र  कोरोना भाइरस (Covid-19) बिचको सम्बंध को बारेमा के के अध्यन तथा अनुसन्धान भएका छन ?

  • केही दक्षिण एसियालि मुलुकहरूलेगरेको अनुसंधानमाशरिरमा भिटामिन डी को कमि सामान्य कोभिड – १९ भन्दा गम्भीर कोभिड – १९ बिरामिहुनेहरूमा बढि देखिएको थियो।भिटामिन डी को स्तरबढि हुनेहरूको तुलनामा भिटामिन डी को कमी भएकाहरूमा कोभिड – १९ को जोखीम आठ गुणा बढि देखिएको थियो।
  • वेलायतका अनुसंधांनकर्ता पेड्रे क्रिसटियानो इलि ( M.D, PH.D. ) का अनुसार २० युरोपियन देशहरूमा कोभिड – १९ को अनुसंधांन गर्दा जुन देशको नागरिकहरूको शरिरमा औसत भिटामिन डीको मात्रामा कमि देखिएको थियो त्यहा कोभिड – १९ को संक्रमणर मृत्यु दर धेरै देखिएको थियो।
  • अमेरिकाको टेक्सास र लुजियाना राज्यमा अनुसंधांनकर्तालेकोभिड – १९ बाट संक्रमीत २० ब्यक्तीको मुल्यांकन गर्दा आइ सि यु मा भर्ना भएका सबै संक्रमीतहरूमा भिटामिन डी को कमि भैटिएको थियो।
  • इंडोनेशियाकाअनुसंधांनकर्ताले ७८० कोभिड –१९ संक्रमित व्यक्तिहरुमा गरेको अनुसन्धानमा मृत्यु भएका धेरै जसो संक्रमीतहरूमा भिटामिन डीको मात्रा सामान्य भन्दा कम पाईएको थियो।
  • भिटामिन डी हामीलाइ कति चाहिन्छ र के बाट पाइन्छ ?

भिटामिन डी चिल्लोमा घुल्ने ( Fat Soluble ) शरिरलाई अति आवश्यकिय सुक्ष्म पोषक तत्व हो। Indian Council of Medical Research ( ICMR) का अनुसार एउटा वयस्क मानिसलाइ दैनिक ४०० अन्तरास्ट्रिय एकाइ बराबरभिटामिन डी को मात्रा आवस्यक पर्दछ । प्राकृतिक रूपमा धेरै कम खानामामात्र भिटामिन डी पाइन्छ। पशुपंक्षिजन्य श्रोतहरु मध्य  माछा भिटामिन डी को प्रमुख श्रोत हो। केही मात्रामा भिटामिन डी कलेजो, चिज ,अंडा को पहेलो भाग आदि बाट पनी प्राप्त गर्न सकिन्छ। पशुपंक्षिजन्य स्रोतमा भिटामिन डी, भिटामिन डी ३ को रूपमा पाइन्छ जस्लाइ कोलेक्याल्सिफेरोल पनि भनिन्छ। केहि च्याउहरुमा भिटामिन डी २( Ergo calciferol ) को रुपमा भिटामिन डी प्राप्त गर्न सकिन्छ। भिटामिन डी शरिरमा पुगेपछि क्यल्सिट्रोल ( Active Form) मा परिणत भएपछि मेटाबोलिजम हुन्छ।

सबैभन्दा सजिलो भिटामिन डी प्राप्त गर्ने माध्यम सुर्यको पराबैजनि किरण हो। जब सुर्यको पराबैजनि किरण शरिरमा पर्छ तब शरिरमा भएको कोलेस्ट्रोल, कोलेक्याल्सिफेरोल वा भिटामिन डी ३को रुपमा हामिले प्राप्त गर्छौ। विभिन्न मुलुकहरूले खाना सुद्रिढिकरण ( Food Fortification) को माध्यम बाटभिटामिन डी लाई नागरिकको दैनिक पहुच पुर्याइरहेका  छन्। अमेरिका, क्यानाडा जस्ता बिकसित मुलुकहरूमा भिटामिन डीलाई  दुधमा फोर्टिफिकेशन माध्ययमबाट उपलब्ध गराउछन किनकि यि मुलुकहरूमा रिकेट्स रोग जन स्वास्थ्यको ठुलो समस्या मध्यको एक हो। बिभिन्न मुलुकहरूले बिहान खाने ( Breakfast cereal ) लगायत थुप्रै खाद्य पदार्थहरूमा  भिटामिन डीलाई फोर्टिफिकेसन गरेको पाइन्छ। शरिरमा सहि पोषक तत्वको पुर्ति गर्न प्याकिङग गरिएको खाद्य पदार्थको पछाडि  पोषणको सहि मात्रा (Nutrition Labelling) हेरेर खरिद गर्ने बानि बसाउन अत्यन्त जरूरि देखिन्छ।   भिटामिन डी भिभिन्न फार्मेसिबाट सजिलै पाउन सकिन्छ। तर धेरै अध्यन अनुसंधान  अनुसार भिटामिन डी प्राकृतिक रूपमा प्राप्त गर्न नै उत्त्तम हुने देखिन्छ किनकि सिधै खाएको सप्लिमेन्ट शरिर ले उचित मात्रामा पाउन सक्दैन। अहिलेको बन्दाबन्दिको अवस्थामा बिहान उठेर खुला आकाशमुनि व्यायाम गर्नु र केहि समय बीना वस्त्र घाममा बस्नु भिटामिनडी प्राप्त गर्न सकिने सबैभन्दा सजिलो सस्तो र अत्यन्तै  प्रभाबकारि तरिका हुन सक्छ।लेखक पोषणविद हुन।