कोभिड – १९ ले एकातिर रोजगारी खोस्यो, अर्को तिर ऋणमा डुबायो

कुवेतमा नेपालीको मृत्यु भएपछि अनुसन्धान गर्दै प्रहरी

सुर्खेत –  केही साथीहरूसँगै ८ महिना अगाडी म वैदेशिक रोजगारीमा कुवेत गएको थिएँ । म ३ महिना त्यहाँ बसेँ । काम पनि भनेजस्तो भएन र पारिश्रमिक पनि भनेजस्तो दिएन । महिनाको जम्मा तलब ५० कुवेती दिनार (करिब २० हजार रुपैयाँ मात्र थियो । त्यहि पैसाबाट खाने वस्ने सबै व्यवस्था आफै गर्नु पर्दथ्र्यो । हामीले काम गर्ने कम्पनी चाइनिज थियो । कम्पनीमा कार्यरत कामदारमा कोरोनाको संक्रमण देखिएका कारण सुरुमा कम्पनी सिल ग¥यो । त्यसपछि त कम्पनी नै बन्द भयो ।

हामीसँगै काम गर्ने मध्ये ८ जना साथीहरूको मृत्यु भयो। मेलै त्यो विषयमा आवाज उठाइरहेको थिएँ। कम्पनीले उनिहरूको परिवारलाई राहत दिनु पर्छ भनेर वोलेको थिएँ । त्यसपछि नै हामीलाई कम्पनीले निकालेर घर पठाउन चाहेको थियो, तर माहोल मिलेको थिएन । उता बस्ने वातावरण नभए पछि कोरोना महामारीकै बिच हामी स्वदेश फर्कियौँ ।

केही कमाउला भनेर ऋण खोजेर विदेश गएको थिएँ । कमाई त परको कुरा, फर्किदाको टिकट खर्च समेत घरबाट मगाउनु प¥यो । हामी प्रकृया पुरा गरेर नै वैदेशिक रोजगारीमा गएको थियौँ । काठमाण्डौँ आइपुगेपछि हामीले क्षतिपुर्तिको लागि वैदेशिक रोजगार विभागमा उजुरी दियौँ ।

शुरुमा विभागले वास्ता नै गरेन । तर, पछि धेरै ठाउँबाट दवाव दिएपछि विभागले उजुरी त दर्ता ग¥यो, तरदअहिलेसम्म त्यसको कुनैपनि सुनुवाई भएको छैन् ।
क्षतिपुर्तिको लागि हामी मन्त्रालयसम्म पनि पुग्यौँ । त्यहाँबाट पनि केही सुनुवाई भएन । अहिले घर आएर वसिरहेको छु । अव के गर्ने र कसरी गर्ने केहि थाहा छैन् । कोभिडले त एकातिर रोजगारी खोस्यो, अर्को तिर ऋणमा पनि नराम्ररी डुबायो ।
मातृका शर्मा
भेरीगंगा नगरपालिका –१, सुर्खेत
श्रोत : कोरोना भाइरस सिभिक एक्ट्स क्याम्पियन