मुगु – हिमाली जिल्ला मुगुकाे मुगुमकार्मारोगं गाउपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा लयाएकाे छ।
जिल्लाका चार स्थानीय तहमध्ये मुगुमकार्मारोगं गाउँपालिकाले आफ्नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हाे।
मुगु जिल्लाको पुर्वी किरान भेगमा पर्ने मुगुमकार्मारोगं गाउपालिकाले एम्बुलेन्स खरिद गरेर बिहिबार देखी सञ्चालनमा ल्याएको हो ।
नेपाल सरकार द्धारा शतप्रतिशत छुट प्राप्त एम्बुलेन्स खरिदमा १० लाख ४२ हजार रुपैया लागतमा एम्बुलेन्स सेवा लिएको मुगुमकार्मारोगं गाउपालिकाका सुचना अधिकारी तिर्थ राज शाहीले जानकारी दिए ।
उनका अनुसार मुगुमकार्मारोग गाउँपालिकाले एम्बुलेन्स खरिद गरेर गाउँबासीको पिडालाई मध्यनजर गर्दे एम्बुलेन्स सेवा विस्तार गरेको शाहीको भनाई रहेको छ । एम्बुलेन्स सञ्चालनमा रहेपछि गाउपालिका बासिलाई जटिल स्वास्थ्य समस्यामा छाईल देखि सदरमुकाम गमगढी बजार हुदै अन्य जिल्लाहरुमा पुग्न सहज हुने गाउपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिए।
एम्बुलेन्स सेवा सुरु भएपछि विशेषगरी गर्भवती महिलालाई स्वास्थ्य चेकजाँच गर्न तथा सुत्केरी हुने समयमा नै अस्पताल पुर्याउन सहज हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिर्थराज कठायतको भनाई रहेको छ ।
साथै गाउँपालिकाले यस आर्थिक वर्षमा स्टाफ नर्स सहितको १० शैयाको कोभिड अस्पताल पनि सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको वडा ६ रिउँस बगरमा स्थापना गरिएको यो अस्पतालले दुई स्टास नर्स र एक कार्यालय सहयोगीको साथमा सेवा दिदै आएकोे छ । स्वास्थ्य सेवा सँगै शिक्षा लाई पनि सार्थक बनाउनको लागि यसै वर्षबाट आवाशिय विद्यालय पनि सञ्चालन गरेको गाउपालिकाले जनाएको छ ।
रेडक्रसले पनि ल्यायो एम्बुलेन्स
यस्तै नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय मुगुले पनि आफ्नो एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति मुगुको १० लाख र अन्य संस्थाको लगानीमा एम्बुलेन्स सेवा ल्याएको सभापति जयबहादुर मल्लले जानकारी दिए ।
उनका अनुसार गत साउन ५ गते रकम जम्मा गरी २६ मंसिर बाट एम्बुलेन्स संस्थाको हातको परेको उनले जानकारी दिए ।