बीबीसी-अमेरिकी जनताले सोमबारदेखि फाइजर÷एनबायोएनटेक कोरोना भ्याक्सिन पाउने भएका छन् ।
अधिकारीका अनुसार भ्याक्सिनको पहिलो तीस लाख डोज चाँडै नै सबै राज्यमा पुर्याइनेछ ।
फाइजर ÷बायोएनटेक भ्याक्सिन, कोरोनाभाइरसविरुद्ध ९५ प्रतिशतसम्म प्रभावकारी छ र फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन ९एफडीए० ले यसलाई सुरक्षित बताएको छ ।
एफडीएका अनुसार कोरोना संकटबीच यसले प्रयोगका लागि अनुमति पाउनु निकै महत्वपूर्ण हो ।
एफडीएमाथि ठूलो दबाब थियो जसका कारण शुक्रबार फाइजर ÷ बायोएनटेक कोरोना भ्याक्सिनको प्रयोगका लागि आपतकालीन मञ्जुरी दिनु पर्यो ।
अधिकारीले कोरोनाभाइरसलाई मात दिने यो भ्याक्सिनलाई सुरक्षित तरिकाले सबै राज्यमा पुर्याइने आशा व्यक्त गरेका छन् ।