सिम्तालि एकता समाजकाे अध्यक्षमा : ललित सिंह

सुर्खेत – सिम्तामा सिम्तालि एकता समाजकाे साधारणसभाले नवगठित पदाधिकारी चयन गरेको छ । सात औं साधारणसभाले ललित सिंहको अध्यक्षतामा ७ सदस्य कार्य समिति चयन गरेको छ ।

साधारणसभामा सिम्ता गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि चन्द्रकला शाहि,युवा नेता टेकेन्द्र कुमार वस्नेत,सिम्तालि एकता समाजका पुर्व अध्यक्ष धुर्व सिंह,गगन सिंह,विष्णु महतारा,निवर्तमान अध्यक्ष सुवास विसि र सिम्तालि पहिचान साहित्यकार तथा स्रटा पृथ्वीवहादुर सिंहले शुभकामना मन्तव्य र सिम्तालि एकता समाज संस्थालाई सुदृढीकरण गरि अघि वढाउन सुझाव दिएका थिए ।कार्यक्रम स्थानीय साहित्यकारहरुले हल गुञ्जयमान वनाएका थिए ।

साहित्यलाई उजागर गर्ने स्थानीय तहबाट भरपुर सहयोग रहने कुरा उपाध्यक्ष शाहीले प्रतिवदता जाहेर जनाउनु भएको थियोे ।सिम्तालि एकता समाज सिम्ताकाे पहिचान र चिनारी वाेकेकाे संस्था भएकोले यसकाे उचाइ वढाउन अावश्यक रहेको औंल्याएको थियोे ।

अाज भएको साधारण सभाबाट अध्यक्षमा सिंहसँगै उपाध्यक्ष लक्ष्मि विसि,सचिव थमन अधिकारी,सह सचिव विनाेद हमाल,काेषाध्यक्ष भावना घर्ती,सदस्य जाेति सिंह ठकुरी र साेमिता सिंह सहितको नव गठित कमेटि गठन गरिएको छ ।

कार्यक्रम संस्थाका अध्यक्ष सुवास विसिकाे अध्यक्षता र सञ्चालन सचिव भरत गरिले सञ्चालन गर्नु भएको थियोे ।सिम्तालि एकता समाजकाे साधारणसभामा सिम्ताका सर्जकले साहित्य,गजलबाट अाफ्ना विचार धारणा अभिव्यक्त गरेका थिए ।