काठमाडौं – गौतमबुद्ध टी–२० क्रिकेटको उद्घाटन खेलमा बागमतीविरुद्ध नारायणीले रोमाञ्चक जीत निकालेको छ। सुवास खकुरेलको कप्तानीमा रहेको नारायणीले बागमतीमाथि सुपर ओभरमा रोमाञ्चक जित हासिल गरेको हो। चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११७ रन बनाएको थियो।
१ सय १८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको नारायणीले पनि ९ विकेट गुमाएर १ सय १७ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो। सुपर ओभरमा बलिङ गर्न आएका बागमतीका बलर सोमपाल कामीलाई करण केसीले ४ छक्का हिर्काएका थिए भने एक बल वाइड भएसँगै २५ नारायणीले २५ रनको योगफल तयार पारेको थियो।
त्यसपछि २६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको बागमतीले २१ रनमात्रै बनाउन सक्यो। पराजित बागमतीले अब भोली विनोद भण्डारीको कप्तानीमा रहेको राप्तिसँग प्रतिस्पर्धा गर्नेछ। थाहाबाट ।