सुर्खेत – सल्यानका एक पुरुषको दाङकाे देउखुरीमा मृत अवस्थामा फेला परेको छन् ।
लमही नगरपालिका–९ अमिलियामा सल्यान कपुरकोट गाउँपालिका सिस्नेरीका अन्दाजी ३० वर्षीय नवीन रोका क्षेत्री मृत फेला परेका हुन् ।
इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक खिमबहादुर घर्तीमगरका अनुसार स्थायी घर सल्यान भएपनि मृतक रोका केही समयदेखि अमिलियामा ज्यामी काम गर्दै आएका थिए । उनले दिनभर ज्याला मजुरी काम गर्ने र मजदुरीबाट पाएको पैसाले मादक पदार्थ सेवन गर्ने गरेको स्थानीयको भनाइ छ ।
शुक्रबार पनि खाएर हिँड्दै जाँदा खानेपानीको पाइप बिच्छ्याउने नालीमा खसेर मृत्यु भएको प्रहरीकाे अनुमान छ ।