एसियन लाइफ इन्स्योरेन्स द्वारा स्वर्गीय धर्मेन्द्र रानाको परिवारलाई राहत उपलब्ध

सुर्खेत – सिम्ता गाउँपालिका वडा १ निवासी स्वर्गीय धर्मेन्द्र रानाको परिवारलाई राहत वितरण गरेको छ ।

लकडाउनको समयमा हृदयघातका कारण भारतको महारास्ट्र राज्यमा अकालमा ज्यान गुमाएका धर्मेन्द्र रानाको परिवारलाई सिम्ता गाउँपालिकाको अध्यक्ष कबिन्द्र कुमार केसीको उपस्थितिमा उक्त राहत प्रदान गरिएको छ ।

एसियन लाइफ इन्स्योरेन्सका सिम्ता गाउँपलिका शाखा प्रमुख ओम बहादुर बुढा र बिक्रम हमालले इन्स्योरेन्सका तर्फबाट रानाको परिवारलाई सहायता प्रदान गरेका छन् ।

रानाको इन्स्योरेन्स बिक्रम हमालले गराइदिएका थिए ।

इन्स्योरेन्सले रानाको छोरालाई मासिक पाँच हजार उपलब्ध गराउने र १६ वर्ष पुगेपछि बिमा बापतको रकम उपलब्ध गराउने भएको छ ।

शाखा प्रमुख ओम बहादुर बुढाले इन्स्योरेन्सको फाइदा बारेमा बताएका थिए ।