काठमाडौं – नेपाल विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरियतामा यथास्थानमा रहन सफल भएको छ । फिफाले आज सार्वजनिक गरेको यस महिनाको वरियतामा नेपाल अघिल्लो महिनाझैँ १ सय ७१ औं स्थानमा यथावत छ।
नेपालले पछिल्लो एक महिनादेखि कुनै अन्तराष्ट्रिय खेल खेलेको छैन। दक्षिण एसियाली देशमा नेपाल भन्दा अगाडि भारत १ सय ४ औं तथा माल्दिभ्स १ सय ५५ औं स्थानमा छन्।
नेपाल भन्दा तल बंगलादेश १ सय ८६, भुटान १ सय ८९, पाकिस्तान २ सय र श्रीलंका २ सय ६ स्थानमा छन्। फिफाको विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा कायमै छ। यस्तै गरी फ्रान्स दोस्रो, ब्राजिल तेस्रो र इङ्ल्याण्ड चौथो स्थानमा छ । पोर्चुगल, स्पेन, अर्जेन्टिना, उरुग्वे, मेक्सिको र इटाली क्रमशः पाँचौदेखि दशौं स्थानमा रहेका छन्।