सुर्खेत—डोल्पामा मृत्यु भएका एक जना ५८ वर्षीय पुरुषमा कोभिड—१९ पोजेटिभ देखिएको छ । डोल्पाको जगदुल्ला गाउँपालिकाको होम क्वारेन्टाइनमा बसेका उनको तीनदिनअघि मृत्यु भएको थियो । मृत्युपछि उनको स्वाब संकलन गरी जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक डा. मंगल रावल तीन दिनअघि मृत्यु भएका ती व्यक्तिको स्वाब परीक्षण गर्दा कोभिड—१९ पोजेटिभ देखिएको बताए । ‘मृतक पुरुषको स्वाब प्रतिष्ठानको प्रयोगशालामा पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो,’ उनले भने । मृतक पुरुषमा दम रोग पनि रहेको प्रतिष्ठानले जनाएको छ । यो घटनासँग कर्णालीमा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
ताजा खबर