थप २०७ जनामा देखियो कोरोना पोजेटिभ

काठमाडौं—नेपालमा थप २०७ जनामा कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ देखिएको छ । पछिल्ला २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २०७ जनामा कोभिड—१९ पोजेटिभ देखिएको हो । प्रदेश १ को प्रयोगशालामा गरिएको परीक्षणमा ६ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । जसमा मोरङका २ जना र सुनसरीका ४ जनामा पोजेटिभ देखिएको छ । प्रदेश २ का विभिन्न जिल्लामा गरी थप २९ जनामा कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ देखिएको छ । पर्साका २१ जना, रौतहटका ५ जना र बाराका ३ जनामा कोभिड—१९ पोजेटिभ देखिएको हो । पोखरास्थित प्रयोगशालामा गरिएको परीक्षणमा १४ जनामा कोभिड—१९ पोजटिभ देखिएको छ । जसमा स्याङजामा १० जनामा, कास्कीमा ३ जनामा र बाग्लुङमा १ जनामा कोरोना पुष्टि भएको छ । यस्तै, चितवनस्थित प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका ३ जनामा कोरोना पोजेटिभ देखिएको हो । भैरहवास्थित प्रयोगशालामा गरिएको १७ जनामा कोभिड—१९ पोजेटिभ देखिएको हो । परीक्षणमा रुपन्देहीमा ५ जना र कपिलवस्तुमा ९ जना, नवलपरासी २ जनामा, अर्घाखाँची १ जनामा कोभिड—१९ पोजेटिभ देखिएको हो । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ४० जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पोजेटिभ देखिएको छ । जसमध्ये २८ जना बर्दियाका रहेका छन् भने १२ जना बाँकेका रहेका छन् । यसैगरी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४४ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । जसमा दैलेखका ४३ जना रहेका छन् भने १ जना डोल्पाका छन् । सुर्खेतस्थित प्रयोगशालामा गरिएको परीक्षणमा ५४ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । जसमा दैलेख ३ जना, सुर्खेतका ९ जना, हुम्लाका १ जना, जाजरकोट ३ जना, सल्यानका ३८ जना रहेका छन् ।