असाहय बालवालिकालाई न्यानो कपडा

 सुर्खेत -पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्वर ९ का समाजसेवी युवराज गौतमले असाहय तथा विपन्न परिवारका बालवालिकालाई न्यानो कपडा वितरण गर्नुभएको छ । मंगलवार एक कार्यक्रमका बीच गौतमले बालवालिकालाई न्यानो कपडा वितरण गर्नुभएको हो । गुर्भाकोटमा रहेको सरस्वती मावि विद्यालयमा अध्ययन गर्ने १३ जना बालवालिकालाई न्यानो कपडा वितरण गरिएको हो ।

 

चिसो मौसम सुरु भएसँगै असाहय र कमजोर आर्थिक अवस्था भएका बालवालिकाले कष्टकर जिवन बिताउनुपर्ने अवस्थालाई मध्यनजर गरी न्यानो कपडा वितरण गरिएको समाजसेवी गौतमले बताउनुभयो । ‘यस विद्यालयमा अध्ययन गर्ने असाहय र विपन्न परिवारका बालवालिकालाई न्यानो कपडा स्वीटर वितरण गरेको छु’ गौतमले भन्नुभयो, ‘ विपन्न परिवारका बालवालिकाहरु एकसरो कपडामै विद्यालय आएको देखेर न्यानो कपडा वितरण गरिएको हो ।’चिसो समयमा विपन्न बालवालिकालाई यसले केही राहत हुने गौतमको भनाई छ ।

‘हुनेखाने परिवारका छोराछोरीले तातो कपडा लगाएर विद्यालय आउने र विपन्न परिवारका बालवालिका कापेर उनीहरुका कपडा हेरेर बस्नुपर्ने अवस्था छ’ समाजसेवी गौतमले भन्नुभयो, ‘त्यसैले उनीहरुको अवस्थालाई मध्यनजर गरेर न्यानो कपडा वितरण गरेका हौ ।’ न्यानो कपडा वितरण कार्यक्रममा विद्यालयका शिक्षक र विद्यार्थीहरुको सहभागीता रहेको थियो ।