न्यायिक समितीमा सहयोग नहुँदा प्रभावकारी ढंगबाट न्याय सम्पादन गर्न सकेनौं : उपप्रमुख बस्नेत

सल्यान – न्यायिक समीतीले चाहेर पनि प्रभावकारी ढंगबाट न्याय सम्पादन गर्न नसकेको शारदा नगरपालिकाका उपप्रमुख सावित्रा बस्नेतले बताईन । आफु न्यायिक समितीको संयोजक भएपनि आफुलाइ कुनै सहयोग नहुँदा न्याय सम्पादन चाहेको जस्तो हुन नसकेको उनको भनाई छ ।

युनडीपीको आर्थिक सहयो तथा दलित विकास समाज सल्यानको आयोजना खलंगामा भएको न्यायमा पहुँच परियोजना अन्तर्गत सुलभ,दुर्त तथा गुणस्तरीय न्यायिक सेवा प्रवाहका लागी स्थानीय संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले मेयर तथा वडाध्यक्षहरुले न्याय माग्नेहरुलाइ न्यायिक समितीमा नबोलाएर सिधै प्रहरीमा पठाउने गरेको बताईन् ।

न्यायिक समितिको संयोजक समेत रहेकी उपप्रमुख बस्नेतले न्यायिक समितिले सेवाग्राहीलाई उचित सेवा प्रदान गर्दै आइरहेको बताईन् । उनले भनिन्, ‘समिति स्रोत र साधनको बिचमा पनि समितिले न्याय सम्पादनमा उल्लेख्य प्रगति गरेको छ । कानुन बुझाउन जरुरी रहेका वर्गसंग अन्तरक्रिया आवश्यक छ ।