नेपालको पहिलो महिला अन्तराष्ट्रिय रेफ्री चन्द्रबन्दना राई

काठमाडौं – रेफ्री चन्द्रबन्दना राईले भलिबलको अन्तराष्ट्रिय रेफ्रीको मान्यता पाएकी छन्। अन्तराष्ट्रिय भलिबल महासंघ (एफआईभीबी) ले राईलाई अन्तराष्ट्रिय रेफ्रीको मान्यता दिएको जाकारी प्राप्त भएको छ।

यो मान्यता पाएसँगै राई अन्तराष्ट्रिय रेफ्री हुने नेपालकी पहिलो महिला भएकी छन्। एफआईभीबीले नेपाल भलिबल संघलाई पत्र पठाएर राईलाई अन्तराष्ट्रिय रेफ्रीको मान्यता दिइएको जनाएको छ।

यसअघि रेफ्री कुल बहादुर राना अन्तराष्ट्रिय रेफ्री बनेका थिए। यही नोभेम्बरमा बसेको बोर्ड बैठकले राई र रानालाई अन्तराष्ट्रिय रेफ्रीको मान्यता प्रदान गर्ने निर्णय गरेको एफआईभीबीले जनाएको छ।

राई र राना अन्तर्राष्ट्रिय रेफ्रीमा बढुवा भएसँगै नेपालबाट यो मान्यता पाउनेको संख्या तीन पुगेको छ। यसभन्दा पहिले गौतम लासिवा मात्रै अन्तर्राष्ट्रिय रेफ्री थिए।