विश्वको सबैभन्दा बढी जाडो हुने भर्खोयान्समा ३८ डिग्रीसम्म झर्‍यो तापक्रम

एजेन्सी – साइबेरियाको भर्खोयान्स गाउँ। यस वर्षको गर्मी सुरु हुनुअघि यस गाउँको विश्वव्यापी प्रतिष्ठा यस्तो थियो कि यो विश्वकै सबैभन्दा बढी जाडो हुने ठाउँको रुपमा परिचित थियो। आर्कटिक सर्कलको उत्तरमा रहेको मानव जनसंख्याको सबैभन्दा चिसो क्षेत्रको रुपमा यलाई चिनिन्थ्यो। यहाँ तापक्रम माइनस ६७ दशमलव ८ सम्म झरेको रेकर्ड छ।

यद्यपि, गत जुनमा यस ठाउँले एक रेकर्ड स्थापित गर्‍यो। यहाँको तापक्रम यो वर्षको जुन महिनामा ३८ डिग्री सेल्सियसम्म झरेको भारतीय पत्रिका भाष्करले जनाएको छ। यति मात्र नभई आर्टिकल सर्लकको सबैभन्दा बढी तापक्रम भएको ठाउँको रुपमा पनि यो दर्ज भएको छ। यहाँ न्यूनतम र अधिकतम तापमानको बीचमा १०० डिग्री सेल्सियससम्मको फरक भेटिएको छ।

प्रदूषण,रोग फैलने जोखिम बढ्दैछ

रुसी मेडिकल पत्रिका लान्सेटमा प्रकाशित रिपोर्टका अनुसार बाढी, प्रदूषण, रोग फैलावटजस्ता धेरै खतराहरू यहाँ बढिरहेका छन्। वृद्धवृद्धाका यहाँ तापमान सबैभन्दा खतरनाक साबित हुँदैछ।

यस रिपोर्टका अनुसार संसारका कुनै पनि ठाउँमा तापक्रम बढे त्यसको गम्भीर असर सबैभन्दा पहिला गम्भीर बिरामी अथवा ज्येष्ठ नागरिकमा हुने गर्छ। जसबाट मृत्युदर बढ्न सक्ने आशंका गरिएको छ।

यो रिपोर्टले भनेको छ – सन् २०१९ मा संसारभरका ६५ वर्षका मानिसले सन् १९८६ देखि २००५ को तुलनामा संयुक्त रुपमा अत्यधिक गर्मीबाट २९० करोड दिन ज्यादा झेलेका छन्।

भारत र चीन उच्च तापमान वृद्धि भएका मुलुकमा पर्छन्। यसको प्रमुख कारण आवादी बढी भएको पनि यस रिपोर्टले उल्लेख गरेको छ।