राजासहित हिन्दु राष्ट्र माग्दै कन्चपुरमा र्‍याली

कञ्चनपुर – महाकाली नगरपालिकामा शनिबार स्वतन्त्र देशभक्त समाजको आह्वानमा राजसंस्थासहित हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै मोटरसाइकल र्‍याली निकालिएको छ।

दर्जनौंको संख्यामा रहेका युवाहरुले ‘राजा आऊ देश बचाऊ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’, भन्ने नारा लगाउँदै नगरपालिका परिक्रमा गरेका छन्।

र्‍यालीमा लोकतान्त्रिक गणतन्त्रविरुद्ध नाराहरु समेत लगाइएका छन्। राजसंस्थासहित हिन्दु राष्ट्र पुनःस्थापनका लागि दबाब दिन र्‍याली आयोजना गरिएको समाजका अध्यक्ष रमेश चन्दले बताए।

लोकतन्त्रका नाममा देशमा चरम भ्रष्टाचार बढेको उल्लेख गर्दै उनले देशका शान्ति सुरक्षासँगै सीमा सुरक्षाका कार्य हुन नसकेकाले हिन्दु राष्ट्रसहितको राजतन्त्रको आवश्यकता भएको बताए।

र्‍यालीमा झण्डै पाँच सय बढी युवाको सहभागिता थियो।