सुर्खेतमा ५३ वर्षीय काेराेना संक्रमितकाे मृत्यु

 

सुर्खेत – कर्णालीमा थप एक जना काेराेना संक्रमितकाे मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका-६ सुर्खेतका ५३ वर्षीय पुरूषकाे काेराेना संक्रमणबाट मृत्यु भएको हाे ।

यहीँ मंसिर ९ गते काेराेना पुष्टि भएका पुरूष हाेम अाईसाेलेशनमा थिए । एक्कासि स्वासप्रस्वासमा समस्या देखिएपछि कर्णाली प्रदेश अस्पताल कालागाउँकाे काेभिड अस्पतालमा भर्ना गरिएको हाे । अक्सिजन स्याचुरेशन कम रहेकाे र अक्सिजनसहित अन्य अावश्यक उपचार गरिएपनि बचाउन नसकिएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

स्वास्थ्यमा सुधार नभएर बेहाेस भएपछि शनिबार राती ८:३७ बजे उनकाे दु:खद् निधन भएको कँडेलले बताए । उनकाे शव व्यवस्थापन गर्न जिल्ला जनस्वास्थ्य सेवा कार्यालय र नेपाली सेनाले समन्वय गरिरहेकाे कँडेलकाे भनाइ छ । कर्णालीमा याेसँगै काेराेना संक्रमणबाट मृत्युु हुनेको संख्या २० पुगेको छ ।