तेस्राे बिहे गर्ने वडाध्यक्ष : जारीमा ७ लाख सकियाे, पद पनि गुम्याे, जेल पनि गए

सल्यान – भनिन्छ बैवाहिक सम्बन्ध भनेकाे जुनी भरलाइ हाे । विहे गर्दा धेरै बाचा कसम गरिएका हुन्छन्, एकले अर्काेलाइ जिन्दगीभर साथ दिने, सुखदुखमा कहिल्यै नछाेड्ने । सँगै बाँच्ने, सँगै मर्नेसम्मका कसम समेत कतिले लिने गर्छन् ।

हुन त बिहे गरेपछिसँगै मर्ने सतिप्रथा जस्ताे हाेइन्, तर जिन्दगी रहदाँसम्म एकले अर्कालाइ साथ दिनुलाइ हाम्राे समाजमा राम्राे संस्कारले हेरिन्छन् । बिहे भन्ने कुरा एकपटक गर्ने हो र त्यो जीवनभरका लागि टिकाउने धेरैकाे चाहना हुन्छ ।

मान्छेको एउटै मन हुन्छ भन्ने छैन् । श्रीमान श्रीमतीका पनि थुप्रै मतभेद हुन्छन् । कतिका मतभेद समाधान भएर सम्बन्ध सुधारतिर जान्छन् भने कतिकाे मतभेद उत्कर्षमा पुगेर दुइधारतिर जान्छन् ।

नेपालकाे प्रचलित कानुनले सम्बन्ध जाेड्ने अधिकार पनि दिएकाे छ। चित्त नबुझे जाेडेकाे सम्बन्धलाइ छाेड्ने (डिभाेर्स) गर्ने अधिकार पनि दिएकाे छ । तर घरमा श्रीमती हुँदाहुँदै अर्काे श्रीमती भित्र्याउनेलाइ अपराध ठहर गरि बहुविवाह कसुरमा कानुनी सजाय पनि कानुनले उल्लेख गरेकाे छ ।

घरमा श्रीमान हुँदाहुँदै एकल परपुरुषसँग भागेर बिहे गर्ने महिलालाइ कुनै कानुनी सजाय छैन् तर गाउँघरमा जारी तिराउने परापुर्वकाे नियम भने अहिले पनि कायम छ । त्यस्तै, घरमा श्रीमती हुँदाहुँदै जुनसुकै महिलालाइ भित्र्याउने पुरुष र भित्रिने महिलालाइ भने बहुविवाह कसुरमा कानुनी सजाय छ ।

यी दुवै किसिमना सजायमा सल्यान बनगाड कुपिण्डे नगरपालिकाका वडा नम्बर ९ का वडाध्यक्ष इन्द्र कुमाइ बल्झिएका छन् । उनकाे त्याे दिनकाे सुरुवात गएकाे मंसिर १ गते भाइटिकाकाे दिनबाट सुरु भएकाे हाे ।

त्याे दिन भाइटिका थियाे । वडाध्यक्ष कुमाइले गाउँकै एक विवाहित महिला ग्वाँमी विष्ट (गाैरी बाेहरा)लाइ भगाएर लगे । आफुले ति महिलासँग बिहे गरेकाे समेत उनले जानकारी दिएका थिए । उनले विभिन्न संचारमाध्यामसँग पनि आफुले बिहे गरेकाे स्वीकारेका थिए ।

लेकाली अनलाइनसँग कुरा गर्दै उनले भनेका थिए, ‘हाम्रो पहिलेदेखि मायाप्रेम बस्दै गयो, गाउँमा सबैले थाहा पाए । उसको श्रीमानले उसलाई मार्ने धम्की दिइरह्यो । उसले घरबाट निकाल्यो, अनि म बिहे गर्न बाध्य भए ।’ उनले आफुले गल्ती गरेकाे र कानुनी सजाय भाेग्न समेत तयार भएकाे बताएका थिए ।

तर उनि फरार भए र कानुनी कारबाही भाेग्नुभन्दा गाउँमा घटना मिलाउन तिर लागे । वडाका केहि जान्नेमान्ने मान्छेलाइ बसालेर उनले गाैरीका पहिलेका श्रीमान नाेखिराम बाेहरालाइ जारी तिरेर घटना मिलाउनतिर लागे ।

जारीमा ७ लाख ७० हजार सकियाे

वडाध्यक्ष कुमाइले तेस्राे श्रीमती गाैरीका श्रीमान नाेखिराम बाेहरालाइ ३ लाख ८० हजार जारी र ३ लाख ९५ हजार ऋण गरी ७ लाख ७० हजार पैसा तिरेपछि घटना मिलापत्र भयाे । कानुनमा जारी लिनेदिने सजाय छैन्, याे गाउँघरमा प्रचलनमा देखिएकाे एउटा सामान्य नियम हाे ।

त्यस्तै वडाध्यक्षले प्रहरीसम्म बहुविवाहकाे उजुरी नपुर्याउन आफ्नी घरकी पहिलाकी दुइवटी श्रीमतीलाइ पनि केहि पैसा र जग्गामा कुरा मिलाए । गाउँका जान्नेमान्नेलाइ पनि यसरी नै थामथुम पारे । प्रहरी गएर उनकी श्रीमतीलाइ बहुविवाहकाे कसुरमा उजुरी दिन समेत भन्याे तर उनिहरुले उजुरी दिइनन् ।

तर घटनाले फरक माेड लियाे । गाउँका स्थानीय ५ जनाले जिल्ला प्रहरी कार्यालय सल्यानमा बहुविवाह गरेको कसुरमा उजुरी दिएपछि शुक्रबार वडाध्यक्षलाइ जयतपानीबाट प्रहरीले पक्राउ गरेकाे छ । वडाध्यक्ष सँगै उनिकी कान्छी भनिएकी श्रीमती गाैरीलाइ पनि प्रहरीले पक्राउ गरेकाे छ ।

जिल्ला अदालत सल्यानबाट प’क्राउ अनुमति लिई दुबैजनालाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखी थप अनुसन्धान कार्य गरिरहेको सुचना अधिकारी इनिस्पेक्टर लक्ष्मण ओलीले लेकाली अनलाइनलाइ बताए ।

यसरी फौज्दारी अभियोगमा पक्राउ परेका व्यक्तिकाे पद स्वतः निलम्बन हुने व्यवस्था छ । उनले याे मुद्दामा सफाइ पाएभने पद फुकुवा हुन्छ । तर कानुनी व्यवसायीहरुका अनुसार वडाध्यक्षले याे मुद्दामा सफाइ पाउने सम्भावनमा शुन्य मात्रमा छ ।

के भन्छन् गाैरीका श्रीमान र छाेरा

वडाध्यक्षकाे कान्छी श्रीमती बनेर आएकी गाैरीका ४ छाेरा र १ छाेरी रहेका छन् भने ३ भाइबहिनी नातिनतिना समेत छन् । उनका ३ वटा छाेरा र एउटी छाेरीले बिहे समेत गरिसकेका छन् । त्यस्तै, वडाध्यक्षका पनि पहिलाको श्रीमतीबाट दुई छोरी र दोस्रो श्रीमतीबाट दुई छोरा छन् ।

यसअघि गाैरीका श्रीमान नाेखिराम बाेहराले लेकाली अनलाइनसँग कुरा गर्दै भनेका थिए, ‘मलाइ पहिला कुनै शंका थिएन्, एक्कासी परपुरुषसँग बिहे गरेकाे सुन्दा नरमाइलाे लाग्याे । अब त उसकाे माया पनि लाग्न छाेड्याे ।’ घरकाे सबै जग्गा जमिन र पैसा गाैरीकाे नाममा भएकाेले उक्त जग्गा र पैसा फिर्ताकाे लागि उनले जारी र ऋण खर्च इन्द्र कुमाइबाट बुझेका हुन् ।

उनि भन्छन् ‘वडाध्यक्ष जस्ताे जिम्मेवार पदमा बसेकाे मान्छेले यसरी अर्काकाे श्रीमती उठाउन नहुने थियाे । अब वडाध्यक्षलाइ त जनताले पनि कुन कुरामा विश्वास गर्नु र ?’ पहिले श्रीमती स्वयमसेविका भएकाे र वडाका विभिन्न बैठकमा जान्छु भन्दै घरबाट जाने गरेकाे उनि बताउँछन् ।

बैठकमा जाने गरेकाे आफुलाइ बताएपनि त्यहिबाट वडाध्यक्षसँग नजिक हुँदै गएकाे अहिले आएर आफुलाइ थाहा भएकाे उनकाे भनाइ छ ।

त्यस्तै गाैरीका छाेरा लिलाधर बाेहराले अब आमाकाे आस मरिसकेकाे बताउँछन् । आमा वडाध्यक्षसँग बिहे गरेर गैसकेपछि आफु बिदेशबाट फर्किएकाे बताउँदै उनि भन्छन्, ‘म बिदेशमा थिए, यता आमाले बिहे गरेकाे थाहा पाएपछि आएकाे हुँ ।’

‘आमा सधै बैठकमा जान्छु भन्नुहुन्थ्याे, तर कहाँ जानुहुन्थ्याे हामीलाइ थाहा हुँदैन थियाे, ‘उनले भने, ‘ आमा गाउँकाे अलि जान्नेमान्ने महिला हुनुहुन्थ्याे, हामीले कुनै शंका गर्दैन थियाैं ।’

बुबालाइ भन्दा आमालाइ विश्वास गरेर आफुहरुकाे सम्पुर्ण कमाइ आमाकाे नाममा पठाउने गरेकाे उनि बताउछन् । गल्ती गर्नेलाइ कानूनी सजाय हुनुपर्ने उनिहरुकाे माग थियाे ।( लेकाली अनलाईन)