कांग्रेसलाई चीनको चिठी : सीमा समस्या समाधानमा वीपीको ठूलो योगदान छ

काठमाडौं – नेपालस्थित चिनियाँ दूताबासले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई लेखेको पत्र फेला परेको छ । हुम्लामा चीनले नेपाली भुभाग मिचेको भन्दै नेपाली कांग्रेसले आवाज उठाइरहेका बेला चिनियाँ दूताबासले कांग्रेसलाई चार पृष्ठ लामो पत्र लेखेको हो ।

कांग्रेस कर्णालीका सभासद् जीवनबहादुर शाहीले स्थलगतरुपमा तयार पारेको प्रतिवेदनका आधारमा नेपाली कांग्रेस सीमा मिचेको निष्कर्षमा पुगेको थियो । तर, नेपाल सरकार र चिनियाँ दुतावासले भने यसलाई ठाडै अस्वीकार गरेका छन् । चीनले सीमा मिचेको भन्दै नेपाली कांग्रेसले औपचारिक वक्तव्य नै निकालेर आपत्ति जनाएपछि चिनियाँ दूताबासले कांग्रेसलाई पत्र पठाएको हो।

चिनियाँ दूताबासले कांग्रेसलाई लेखेको पत्रको नेपाली भावानुवाद यस्तो छ–

नेपाली कांग्रेस कर्णाली प्रदेशका सभासद् जीवनबहादुर शाहीले चीनले नेपाली भूमि मिचेको दोष लगाउँदै लगातार दाबी फैलाएको कुरा काठमाडौस्थित चिनियाँ दुतावासको सूचनामा आएको छ । उनको दाबी र आरोप आधारहीन र असत्य हो भन्ने कुरा यस अगाडि नै भेरीफाई र कन्फर्म भइसकेको छ ।

नेपाली कांग्रेसका एक सभासदले गरेको सो गैरजिम्मेवार र अमैत्रीपूर्ण कार्यप्रति चिनियाँ दुतावास खेद प्रकट गर्दै गम्भीर चासो व्यक्त गर्दछ । विगत ६० वर्षदेखि चीन–नेपाल सीमा वैज्ञानिक र व्यवसायिक व्यवस्थापन अन्तर्गत रहेको छ र सीमामा शान्ति र स्थायित्व कायम भएको छ । शाहीको आरोपपछि चिनियाँ पक्षले फिल्ड सर्वे र अनुसन्धानका लागि धेरै विज्ञ टिमहरु पठाएको छ ।

दुवै मुलुकले मित्रवत परामर्शका आधारमा सन् १९६० को शुरुमा सीमासम्बन्धी प्रश्नहरु समाधान गरेका हुन्, जसमा नेपाली कांग्रेसले एकदमै ठूलो पहल र योगदान गरेको थियो । त्यसबेलाका प्रधानमन्त्री वीपी कोइरालाले सीमासम्बन्धी चीनसँगको विषयमा एक सम्झौतामा हस्ताक्षर गरेका थिए ।
सो अध्ययनबाट के पत्ता लागेको छ भने चीनले निर्माण गरेको भनिएका ९ भवन नजिकको वोर्डरलाइनबाट १।०४ किलोमिटर टाढा रहेको छ र यी भवनहरु स्पष्टरुपमा चिनियाँ भूभागभित्र नै रहेका छन् । १२ नम्बर पिलर स्पष्टरुपमा जहाँ हुनुपर्ने हो, त्यहीँ रहेको छ र सीमा सम्झौता र प्रोटोकलमा भएको संयोजन अन्तर्गत छ र सन् १९६२ मा दुई मुलुकले पिलर निर्माण गरेयता एकपक्षीयरुपमा पिलर गाढ्ने र हटाउने कुनै पनि काम भएको छैन् । यस सम्बन्धमा नेपाल सरकारको परराष्ट्र मन्त्रालयले सेप्टेम्बर २३, २०२० नेपालको नापी विभागले गरेको व्यवसायिक अनुसन्धान र विश्लेषणका आधारमा एक प्रेस विज्ञप्ति मार्फत स्पष्ट धारणा व्यक्त गरिसकेको छ ।

चिनियाँतर्फबाट यो पनि स्पष्ट पारिसकिएको छ कि शाहीकोकथित अवलोकनका क्रममा चिनियाँ पक्षले न त पिलर नं १२ मा कुनै व्यक्ति पठाएको छैन, न त शाहीले दाबी गरेजस्तो चिनियाँ पक्षले कुनै अश्रु ग्याँस हानेको छ । त्यसै गरी नेपालको सशस्त्र प्रहरीले पिलर नजिकै गस्ती गर्दा शाहीले भनेजस्तो चिनियाँ पक्षले कुनै ढुंगा हानेको छैन । त्यसैगरी सीमा क्षेत्रमा नेपाली कृषकले काम गरिरहँदा र गाईबस्तु चराउने त्यहाँ क्षेत्रका बासिन्दालाई तितर–बितर पारिएको छैन ।

चीन र नेपाल असल साथी र छिमेकी हुन् । चीनले जहिले पनि नेपालको सार्वभौसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्दै आएको छ । दुवै मुलुकले मित्रवत परामर्शका आधारमा सन् १९६० को शुरुमा सीमासम्बन्धी प्रश्नहरु समाधान गरेका हुन्, जसमा नेपाली कांग्रेसले एकदमै ठूलो पहल र योगदान गरेको थियो । त्यसबेलाका प्रधानमन्त्री वीपी कोइरालाले सीमासम्बन्धी चीनसँगको विषयमा एक सम्झौतामा हस्ताक्षर गरेका थिए । त्यसले नेपाल र चीनको वीचमा मित्रवत सम्बन्धको विकासको ठोस आधार खडा गरेको थियो ।

त्यसबेलादेखि नै सीमाका मामिलामा नजिकको सम्पर्क र समन्वयका लागि संयन्त्रको निर्माण गरेको छ । पहिलको व्यवसायिक सीमा सम्झौता, प्रोटोकलको आधारमा दुवै देशका व्यवसायिक अधिकारीहरु केही सीमाको फिल्डमा देखिने एलाइनमेन्ट र अन्य विषयहरु जहाँ देखिएपनि समाधान गर्न सक्षम छन् । नेपाल र चीनको विचमा कथित सीमा मिचिएको भन्ने कुनै पनि विषय छैन् । बरु चीन–नेपाल सीमा दुवै देशको विचको मित्रता र सहकार्यको बन्ड बनेको छ ।

सीमापार व्यापार, पेमेन्ट, वस्तु चराउने र अन्य विषयमा दुई देशका वीचमा श्रंखलावद्ध सम्झौताहरु भएका छन् जसको उद्देश्य सीमामा बस्ने मानिसहरुको जीवनस्तर सुधार्न सहजीकरण गर्नु हो । हामीले ख्याल गर्नुपर्ने विषय के हो भने चीनको स्वशासित क्षेत्र तिब्वतले हुम्लालगायतका नेपालको उत्तरी भेगका जनतालाई चीन तर्फको राजमार्ग हिउँदको समयमा आवश्यक समानको सप्लाईको ओसापसार गर्न सहजीकरण गरेको छ र अन्य विभिन्न स्वरुपमा सहयोग समेत गरिरहेको छ ।

शाहीले दाबीहरु तथ्यसँग निकै बाझिएका मात्र छैनन्, दुई देशका वीचमा रहेको मित्रवत सम्बन्ध जसप्रति नेपाली कांग्रेस जहिले पनि प्रतिवद्ध रहेको छ, त्यसलाई अन्डरमाइन गर्न खोजेको छ । यसले दुई देशको सम्बन्धलाई कमजोर बनाउने प्रयास गरेको छ ।

चिनियाँ दुतावास के कुरामा आशावादी छ भने हामी दुईवीचमा रहेको लामो मित्रवत् सम्बन्धलाई जोगाउन नेपाली कांग्रेस दह्रोसँग उभिनेछ र दुई पक्षीय सम्बन्धलाई बिगार्ने यस्ता आधारहीन र गैरजिम्मेवार अभिव्यक्ति दिनबाट पार्टी नेतालाई संयमित बनाउने छ । चिनियाँ पक्ष नेपाली नेपाली कांग्रेससँग नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनका लागि सहकार्य गर्न र दुवै देशलाई हितको लागि विभिन्न क्षेत्रमा सहकार्य गर्न तयार छ ।

(दूूताबासले कांगे्रसलाई लेखेको पत्रबाट अनुदित) अनलाइन खबर ।