बाल यौन दुराचार गर्ने शिक्षक पक्राउ

बुटवल – आफैंले पढाउने ११ वर्षीया बालिकालाई यौन दुराचार गरेको आरोपमा कपिलवस्तुका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । मंसिर ९ गते दिउँसो १२ बजेको समयमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० भगवानपुरस्थित बुद्ध ज्ञानज्योति बोर्डिङ्ग स्कुलका प्रिन्सिपल ४० वर्षीय यम खानले सोही स्कुलमा अध्यनरत ११ वर्षीया बालिकालाई यौन दुराचार गरेको प्रहरीको भनाइ छ।

बिहीबार प्रहरीले सञ्चारकर्मीलाई दिएको जानकारीअनुसार निज प्रिन्सिपलले ती बालिकालाई आफ्नो कार्यकक्षमा लगेर यौन दुराचार गरेको भन्दै पीडितपक्षले जाहेरी दिएपछि प्रहरीले आरोपितलाई पक्राउ गरेको हो । प्रहरीले प्रिन्सिपल खानलाई पक्राउ गरी बाल यौन दुराचार सम्वन्धी मुद्दा दर्ता गरिएको कपिलवस्तुका प्रहरी प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिए । ( रातोपाटी)