२४ घण्टामा १६१४ संक्रमित थपिदा, २३ को मृत्यु

काठमाडौं – बितेको २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ भने १६१४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १४३७ जना संक्रमणमुक्त समेत भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख २७ हजार ६४० पुगेको छ भने निको हुनेको संख्या २ लाख ९ हजार ४३५ जना रहेको छ ।

अब देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ जना रहेको मन्त्रालयको भनाइ छ । यसैगरी हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १४१२ पुगेको पनि मन्त्रालयले जनाएको छ ।
यस्तै हालसम्म १७ लाख जनाको पीसीआर परीक्षण भइसकेको छ ।