मेची महाकाली बुहारीले आक्रोश पोख्दै  प्रधानमन्त्रीलाई साेधे, ‘निर्मालाको हत्यारा खोइ ?’

सुर्खेत – मेची महाकाली बुहारी संयुक्त आवज सुर्खेतले प्रधानमन्त्री केपी ओली शर्मालाइ जिल्ला प्रशासन कार्यालयबाट ज्ञापन-पत्र बुझाउदैँ आक्रोश पोखेका छन् । समाजमा बेला-बेला उत्पन्न हुने महिला हिंसा, छाउडी प्रथा, बलात्कार जस्ता घटनामा संलग्न व्यक्तिलाई तत्काल कानूनी दायरामा ल्याइ सजाय नदिएको भन्दैँ सरकारप्रती आक्रोश पोखेका हुन ।

बिहिबार सुर्खेत जिल्ला प्रशासन मार्फत मेची महाकाली बुहारी संयुक्त आवाज सुर्खेतले प्रधानमन्त्रीलाई ज्ञापन-पत्र बुझाएको हो । ज्ञापन-पत्र सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बुझेका थिए । ज्ञापन-पत्र बुझाउँदैँ आवाजकी सुर्खेत संयोजक भूमिसरा अधीकारीले मेची महाकाली बु्हारी संयुक्त आवजले महिला तथा वालवालिको हिंसा विरुद्धको अभियान तथा सडक प्रर्दशनको नेतृत्व गरिरहेको बताइन् ।

उनले भनिन् ‘ज्ञापन-पत्र मार्फत प्रधानमन्त्री शर्मालाई विद्यमान, कानून र प्रशासनिक सरंचना व्यवहारमा पीडित मैत्री देखिएन, बरु पीडक मैत्री देखियो, किनभने हरेक हत्या र बलात्कारको घटनामा अपराधीले उन्मुक्ती पाउदैँ आएका छन् । त्यसैले पीडित पक्ष न्यायको लागि सडकमा भौतारीदैँ हिड्नु पर्ने अवस्था छ ।’

यस्तै आवाजकी अध्यक्ष यमू शर्मा सुब्बाले अपराधीले पैसा र पहुँचको आधारमा खुलेआम रुपमा उन्मुक्ती पाउँने गरेको बताइन् । ‘यो दुर्भाग्यपुणर् अवस्था हो’ उनले भनिन ‘कानून कार्यान्वयन हुने भए निर्माला पन्तको बलात्कार पछिको हत्यारा कहाँ छन् ?’ ज्ञापन-पत्रमा उल्लेख छ ः सुस्मिताको हत्याराहरु पुर्पक्षको लागी थुनामा छन्, करुणा, सम्झना, सन्जा र गुलाव खातुनले किन ज्यान गुमाए ? यसको जवाफ चाहियो ।