बारबर्दियाले १६ दिने अभियान वडा स्तरमै अन्तरक्रिया कार्यक्रम गरेर मनाउदैँ

बर्दिया – “लैगिंक हिंसा अन्त्यको प्रतिबिद्धता, ब्यक्ति समाज र सबैको ऐक्यबद्धता” नाराका साथ यस बर्षको लैंगिक हिंसा बिरुद्ध १६ दिने अभियान आज देखि शुरु भएको छ । बारबर्दिया नगरपालिकाले सबै वडामा अन्तरक्रिया र वडाका मुख्य मुख्य चोकमा लैगिक हिसां बिरुद्धको ब्यानर प्रदर्शन गरेर लैगिंक हिसां बिरुद्धको १६ दिने अभियान मनाउने निर्णय गरेको छ ।
प्रत्येक बर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिख सम्म अभियान बिभिन्न सचेनामुलक कार्यक्रमहरु गरेर मनाइन्छ । बारबर्दिया नगरपालिकाले पनि यहि मंशिर १३ गते देखि ११ नम्बर वडा देखि सबै वडामा एक दिने अन्तरक्रिया कार्यक्रम गर्ने र लैंगिक हिसा बिरुद्ध वडाका मुख्य मुख्य चोक तथा सार्जजनिक स्थलामा प्रर्दशन गरेर मनाउने निर्णय गरेको छ । साथै उक्त अभियानको अन्तिम दिन नगरस्तरीय कार्यक्रम गरेर समापन गर्ने भएको छ ।
बारबर्दिया नगपालिकामा उक्त अभियान मनाउनमा बि ग्रुप नेपालगंज र बाँके युनेस्को क्लब बाँकेले पनि सहकार्य गर्ने भएको छन् ।