सुनको मूल्य घट्यो , तोलामा ९१ हजार ५०० रुपैयाँ

काठमाडौं – नेपाली बजारमा बुधबार पनि सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बुधबार सुनको मूल्य १ हजार रुपैयाँ घटेको छ ।
मंगलबार छापावाल सुन तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । बुधबार भने घटेर ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार पनि सोमबारको तुलनामा सुनको मूल्य १८ सय घटेको थियो ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच बुधबार चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको महासंघले जनाएको छ । मंगलबार ११ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा ११ सय ७५ रुपैयाँमा कारोबार भएको हो ।