’मालिङ्गो’ बोलको गीत सार्वजनिक ( भिडियाे सहित )

सर्खेत –  राजनराज शिवाकोटी र स्मीता दाहालको स्वर रहेको ’मालिङ्गो’ बोलको गीत सार्वजनिक भएको छ।

गीतको म्युजिक भिडियोमा राजेश हमालको जोडी भएर दाहाल देखिएकी छिन्। भिडियोले बलात्कार हुनबाट जोगिएकी किशोरीको कथालाई देखाएको छ। भिडियोमा राजेश हमाल पत्रिका पुर्याउने हकरको भूमिकामा देखिएका छन्।

सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा राजनराज शिवाकोटीको संगीत, उदयराज पौडेलको एरेन्ज, श्यामस्वेत रसाइलीको मिक्सिङ छ भने सम्पादन भुपेन्द्र अधिकारी तथा कलर रेनिस फागोको रहेको छ। सुनिल क्षेत्रीको कथा / कन्सेप्ट र कोरियोग्राफीमा बनेको भिडियो नवराज उप्रेतिले खिचेका हुन् भने सरोज ओलीको निर्देशनमा बनेको हो।