५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

पर्सा – ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बिन्दवासिनी गाउँपालिका-४ अमरपट्टी बस्ने २६ वर्षीय उमेश ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई ललाई फकाई बुधबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी अमरपट्टी र ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले ठाकुरलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।