पछिल्लो २४ घण्टामा कर्णालीका ६५ जनामा कोरोना पुष्टि

सुर्खेत – कर्णालीमा पछिल्लो २४ घण्टामा ६५ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल पशुपन्छि रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल दैलेख र कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा थप ६५ जनामा कोरोना पुष्टि भएको हो ।

 पुष्टिहुनेमा सुर्खेतका २६, जाजरकोटका ११, दैलेखका ७, सल्यानका ४, जुम्लाका ६, कालीकोट र मुगुका दुई / दुई र अन्य प्रदेशका ७ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । कर्णालीमा हालसम्म कोरोना पुष्टि हुनेको कुलसंख्या ६ हजार पाँच सय ७१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५७ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । हालसम्म कर्णालीमा कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या ६ हजार १५ पुगेको छ ।