थप २२ जना संक्रमितको निधन

काठमाडौँ – नेपालमा थप २२ जना संक्रमितको निधन भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार थप २२ जना संक्रमितको निधन भएको हो। यससँगै नेपालमा मृत्यु हुने संक्रमितको संख्या १ हजार २ सय ९८ पुगेको छ। त्यस्तै, हाल २४ हजार ६ सय ६५ केस सक्रिय छ । पछिल्लो २४ घन्टामा १ हजार ९ सय ४५ जना नयाँ संक्रमित थपिएका छन्। जसमध्ये पुरुष १ हजार २ सय ५ जना र महिला ७ सय ४० जना छन्।