काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका छन् । सोमबार र बिहिबार नियमित बैठक बस्ने गरेपनि प्रधानमन्त्रीले आजका लागि बैठक बोलाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा दिउसो १ बजे मन्त्रिपरिषद्को बैठक बस्ने जानकारी आएको एक मन्त्रीले जानकारी दिए ।
आजै दिउँसो १ बजे नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक डाकेका बेला प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । पछिल्लो समय नेकपा अध्यक्षद्वय प्रचण्ड र ओलीबीच पार्टी सन्चालनको विषयमा सम्बन्ध बिग्रिएको बेला एउटै समयमा दुई बैठक डाकिएको हो ।
ओलीले सचिवालय बैठक चाहेका छैनन् भने प्रचण्ड समूहले जसरी पनि बैठक बस्ने अडान लिइरहेको बेला बैठक छल्ने रणनीतिका साथ ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएको बुझिएको छ ।