सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतले पछिल्लो चार दिनमा ३४ जना जुवाडेलाई पक्राउ गरेका छ । विशेष सुराकीको आधारमा जिल्लाका विभिन्न स्थानबाट प्रहरीले उनीहरुलाई झण्डै चार लाख नगदसहित जुवाखालबाट पक्राउ गरेको हो ।
पञ्चपुरी नगरपालिका–२ श्रीचौरबाट १५ जना जुवाडेलाई पक्राउ गरेको छ । जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा पञ्चपुरी नगरपालिका–३ का रमेश बोहोरा, नविन शर्मा, चद्रविर रावत, बालाराम रोकाय, जगबहादुर विसी, अग्नि शर्मा, पूर्ण सुवेदी, खगेन्द्र जैसी, पञ्चपुरी नगरपालिका–२ का कर्णबहादुर बुढा, शीव खनाल, बराहताल गाउँपालिका–६ का सुशीलकुमार बुढा, नवराज शर्मा, हर्कबहादुर बुढा, लिलबहादुर बुढा र बराहताल गाउँपालिका–७ का चक्रबहादुर खड्का छन् ।
उनीहरुको साथबाट दुई लाख २१ हजार ६७० रुपैयाँ नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी राजेन्द्रप्रसाद भभट्टले जानकारी दिए ।
जुवाखालबाड प्रहरीले तीन गड्डी तास र ६ वोत्तल वियर समेत बराद गरेको छ । चाडपर्व लक्षित विशेष अप्रेशनमा जुवाडेहरु पक्राउ गरेको एसपी भट्ट बताउँछन् ।
यस्तै वीरेन्द्रनगर नगरपालिका–४ गौरी टोलमा जुवा खेलीरहेका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वीरेन्द्रनगर–५ का कृष्णप्रसाद चालिसे, लक्ष्मण भण्डारी, वीरेन्द्रनगर– ६ का रामबहादुर लामा, दिपेन थापा, वीरेन्द्रनगर–४ का रञ्जन शाही, नारायण नगरपालिका–२ दैलेखका कृष्णबहादुर थापा, ताँजाकोट गाउँपालिका– ६ हुम्लाका अजविर धामी र नेपालगञ्ज उपमहानगरपालिका–१५ बाँकेका विशाल राई छन् । उनीहरुको साथबाट प्रहरीले एक लाख २२ हजार ३४३ रुपैयाँ नगद बरामद गरेको छ।
यता, पञ्चपुरी नगरपालिका–६ स्थित रंगबहादुर देवकोटाको घरमा जुवा खेलिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय बावियाचौरका प्रहरी निरीक्षक बखतबहादुर शाहीको टोलीले ११ जना जुवाडेलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पञ्चपुरी नगरपालिका–४ का धनबहादुर नेपाली, कुशल नेपाली, अम्मर नेपाली, जनक थापा, नेत्र कार्की, रामबहादुर नेपाली, भवि विक, धनबहादुर शाही, सञ्जन कार्की र रतन देवकोटा छन् । उनीहरुको साथबाट प्रहरीले ५१ हजार २८५ रुपैयाँ नगद बरामद गरेको छ ।
पक्राउ परेका विरुद्ध जुवा ऐन अन्तरगत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । जुवा ऐन, २०२० को दफा चारको (क) मा जुवा खेलेमा पहिलो पटक दुई सय रुपैयाँसम्म जरिवना, दोस्रो पटक भेटिएमा एक महिनादेखि तीन महिनासम्म कैद तथा तेस्रो पटक देखेकालाई एक वर्ष कैद हुने कानूनी व्यवस्था छ ।