विश्वमा एकै दिन ४ लाख ५६ हजारमा कोरोना संक्रमण

काठमाडौं – पछिल्लो २४ घण्टामा विश्वमा ४ लाख ५६ हजार ७५१ जना कोरोना क्रमित थपिएका छन् । विश्व स्वाथ्य संगठनको तथ्यांक अनुसार हालसम्म कुल कोरोना संक्रमितको संख्या ५ करोड ४७ लाख ७१ हजार ८८८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ८७१ कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोनाका कारण हालसम्म विश्वमा १३ लाख २४ हजार २४९ जनाको मृत्यु भइसकेको छ ।

विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिका, भारत, ब्राजिल लगायतका देशमा भएको छ ।