कर्णालीमा संक्रमितको संख्या १२३ पुग्यो, दैलेखमा मात्रै थप १७ जनामा संक्रमण

 सुर्खेत – कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना भाइरस अर्थात (कोभिड १९)संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा आइतबार गरिएको परीक्षणमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सामाजिक विकास मन्त्रालय अन्र्तगतको जन स्वास्थ्य महाशाखाकाअनुसार कालीकोट शुभकालिका गाँउपालिका ५ का १९ बर्षे एक पुरुष र दैलेखका १७ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै कर्णालीमा संक्रमितको संख्या १ सय २३ पुगेको छ भने एक संक्रमितले गएको शनिबार ज्यान गुमाएका छन्। पछिल्लो संक्रमणपछि कर्णालीका २ जिल्ला सल्यान र कालीकोटमा कोरोना संक्रमण फैलिएको छ । यसअघि सुर्खेत र दैलेखमा संक्रमण देखिएको थियो।