सुर्खेत- कालीकोटको खाडाचक्र नगरपालिका–१ हस्पिटल नजिक नरेन्द्र शाहीको होटलमा जुवा खेलिरहेको समयमा ११ जना पक्राउ परेका छन्।
गएराति जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले जानकारी दिए ।
पक्राउ परेकाहरुको साथबाट नगद ८९ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका ११ जनाविरुद्ध जुवा ऐन अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।