कालिकोटमा ८९ हजार नगदसहित ११ जुवाडे पक्राउ

 

कालिकोट – कालिकोटमा ८९ हजार रुपै‌यासहित ११ जुवाडे पक्राउ परेका छन् । जिल्लामा ११ जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

 

खाडाचक्र नगरपालिका १ हस्पिटल नजिक नरेन्द्र शाहीको होटलमा गए राती जुवा खेलिरहेको समयमा ११ जना जुवाडेलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यलय कालिकोटका डिएसपी चक्रबहादुर शाहाले जानकारी दिए ।

जुवाडेकोे साथबाट नगद ८९ हजार रुपैयाँ बरामद गरियको उनले बताए । सबै जना अहिले प्रहरीको नियन्त्रणमा रहेका छन्न। उनीहरुकाे नाम खुलाईएकाे छैन ।