फिल्म ‘आर्या’को ‘हाम्रो धर्ती’ बोलको गीत सार्वजनिक करिश्मा ( भिडियाे सहित )

काठमाडौं – फिल्म ‘आर्या’को ‘हाम्रो धर्ती’ बोलको गीत सार्वजनिक भएको छ । भाइटीकाको अवसर पारेर सार्वजनिक गरिएको गीतमा गायिका मेलिना राईले स्वर दिएकी छन् ।

रास्ट्रभावले ओतप्रोत ‘हाम्रो धर्ती’ बोलको गीतमा कविराज गहतराजको नृत्य, राम सिटौलाको संगीत र लक्ष्मण सिटौलाको शब्द रहेको छ ।

तिमिल्सिना फिल्म प्रोडक्सन प्रालीबाट निर्माण भएको फिल्मको प्रदर्शन लकडाउनका कारण रोकिएको थियो । गीतमा अभिनेत्री शिल्पा पोखरेल कोरसका साथ देखिएकी छन् । गीतमा राष्ट्रिय झन्डाको व्यापक प्रयोग गरी दृश्य छायाँंकन गरिएको छ । झन्डा नेपाल र नेपालीको आत्मसम्मान र राष्ट्र गौरवको प्रतिकको रुपमा सन्देश समेत दिइएको छ ।

 

 

उपेन्द्र तिमिल्सिनाको निर्देशन रहेको फिल्मको गीत तनहुँको मानुङ डाडामा खिचिएको हो ।

दिव्यराज सुवेदीले छायांकन गरेको ‘आर्या’मा राम सिटौला र शशि बिक्रम थापाको संगीत, मिलन श्रेष्ठको सम्पादन, कुमार महर्जनको द्वन्द्व निर्देशन समेटिएको छ ।

फिल्ममा शिल्पा पोखरेल, अनुप बिक्रम शाही, प्रकाश शाह, रवि गिरि, सुशील पोखरेल, गीता अधिकारीलगायतको अभिनय देख्न सकिन्छ ।