कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख १७ हजार

काठमाडौं – कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १३ लाख १६ हजार ९९४ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा विश्वमा ७ हजार ८५८ कोरोना संक्रमितको मृत्यु भएको छ ।

यसैबीच, हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड ४३ लाख १ हजार १५६ पुगेको छ ।